कपिलवस्तुबाट बर्दिया जाँदै गरेकाे विङ्गर दाङमा दुर्घटना, दुई जनाको मृत्यु, १२ घाइते

दाङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १२ घाइते

कपिलवस्तु । दाङकाे लमही नगरपालिका-९ च्याउखोला नजिक पूर्व-पश्चिम राजमार्गमा विङ्गर (लु १ ज ४२८) दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा कपिलवस्तुको शिवराज नगरपालिका-३ निवासी ४२ वर्षीया तिर्थी थारु र ६९ वर्षीया फुलची थारु रहेका छन्। उनीहरुको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिए।

विङ्गर सवारी कपिलवस्तुबाट बर्दियाको धार्मिक कार्यक्रममा सहभागी हुन रिजर्भ गरेर जाँदै गर्दा दुर्घटनामा परेको थियो।

प्रहरीले सवारीका चालक, शिवराज नगरपालिका-५ चनौटा निवासी ३४ वर्षीय अशोक कोइरालालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घाइते यात्रुहरुको लमही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

खबर सबै