

लिग चरण सकिँदा रोहित सबैभन्दा बढी रन बनाउने खेलाडी, विकेट लिनेमा कुगेलेइन



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणका खेल सकिँदा अंक तालिकाको पुछारमा रहेको टोली लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहेका छन् ।
टोली खराब प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिए पनि व्यक्तिगत रुपमा नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितको प्रदर्शन भने उच्च रह्यो ।
उनले सात खेलमा २७९ रन बनाएका छन् । उनले सबैभन्दा बढी पोखरा एभेन्जर्सविरुद्ध बनाएको ९५ रन सर्वाधिक हो ।
यस्तै दोस्रो स्थानमा चितवन राइनोजका इंग्लिस खेलाडी रवि बोपारा छन् । उनले २३३ रन बनाएका छन् ।
सूचीको तेस्रो नम्बरमा पोखराका एन्ड्रिस गोउस छन् । अमेरिकी यी खेलाडीले २२४ रन जोडेका छन् ।
यसैगरी चौथो नम्बरमा चितवनका कप्तान कुशल मल्ल छन् । उनले २०२ रन बनाएका छन् ।
सूचीको पाँचौं नम्बरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी छन् । उनले हालसम्म १९८ रन जोडेका छन् ।
रोहित बाहेक चारैजना खेलाडीका टोली प्लेअफमा पुगिसकेका छन् । यसर्थ उनीहरूसँग रोहितलाई उछिन्दै शीर्ष स्थानमा पुग्ने अवसर अझै बाँकी छ ।
त्यस्तै सर्वाधिक विकेट लिनेको सूचीमा सुदूरपश्चिमका स्कट कुगेलेइन अगाडि छन् । न्युजील्यान्डका यी खेलाडीले १५ विकेट लिएका छन् ।
दोस्रो स्थानमा जनकपुर बोल्ट्सका ललित राजबंशी छन् । उनले १३ विकेट लिएका छन् ।
सूचीको तेस्रो स्थानमा चितवनका रिजन ढकाल छन् । उनले पनि १३ विकेट लिएका छन् । तर उनी ललितभन्दा इकोनमीमा पछि पर्दै तेस्रो स्थानमा छन् ।
यस्तै सूचीको चौथो स्थानमा चितवनकै सोहिल तानबिर छन् । पाकिस्तानका टी–२० विश्वकप विजेता यी खेलाडीले १२ विकेट लिएका छन् ।
यसैगरी पाँचौ स्थानमा काठमान्डु गुर्खाजका कप्तान करण केसी छन् । उनले पनि १२ विकेट लिएका छन् । यद्यपि करण इकोनमीका आधारमा तानबिरभन्दा पछि छन् ।
सर्वाधिक विकेट लिने शीर्ष पाँचको सूचीमा भने नेपाली खेलाडीको वर्चश्व देखिएको छ । पाँचमध्ये तीन खेलाडी नेपाली छन् ।
करणको टोली काठमान्डु प्रतियोगिताबाट बाहिइसकेकाले उनलाई अब अन्य खेलाडीले जित्ने सम्भावना छ ।
मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एनपीएलमा सोमबारदेखि समूह चरणका सबै खेल सकिएका छन् ।
सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स प्लेअफमा पुगेका छन् । बुधबारदेखि प्लेअफका खेल सुरु हुनेछन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया