

सैनामैनामा सवारी दुर्घटना हुदाँ एकको मृत्यु


बुटवल : रुपन्देहीको सैनौनामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। मृत्यु हुनेमा सैनामैना नगरपालिका–६ की ३५ वर्षीया लक्ष्मि भट्टराई रहेको इलाका प्रहरी कार्यालय बुटवल प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

शनिवार साँझ बुटवलबाट कपिलबस्तु तर्फ जाँदै गरेको लु ९१ प ११८४ नम्बरको मोटरसाइकलले उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु ३० प ३५११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी स्कुटरकी चालक भट्टराईको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख पण्डितले बताए । यस्तै दुर्घटनामा परी मोटरसाइकलका चालक कपिलबस्तुको बुद्धभूमि नगरपालिका ३ का २१ वर्षीय दिलिप थारु घाइते भएका छन् ।
थारुको अहिले भैरहवा स्थित युसिएमसिमा उपचार भइरहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई युसिएमसीमा रिफर गरिएको हो । उनको अवस्था मध्यम रहेको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया