
नेपाल पत्रकार महासंघको निर्वाचन आज

मंसिर २८, कपिलवस्तु | आज नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको पत्रकार महासंघको आज निर्वाचन हुन लागेको हो । आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश बिष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा मानिएका छन ।
प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलवाट शर्माले उम्मेदवारी दिएकी हुन भने बिष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समुहबाट उम्मेदवारी दिएका हुन । सापकोटा भने स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा उत्रदैँछन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीवाट दिपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसबाट रोशन पुरी मुख्यतयाः मैदानमा देखिएका छन् । महिला उपाध्यक्षमा नीत पौडेल र गंगा बराल पौडल मैदानमा छन भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साहबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।
उता, महासचिवमा चौतारी र युनियनवाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीबाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी मैदानमा देखिएका छन ।यसपटक महासंघमा चौतारी र युनियन तथा सेन्टर र समाजवादी संगठनका उम्मेदवारबीचमा प्रतिस्पर्धा हुने ठानिएको छ ।
कपिलवस्तुको अध्यक्षमा भुसाल र पाण्डेबीच कडा प्रतिस्पर्धा
कपिलवस्तु पत्रकार महासंघको अध्यक्ष पदका लागि प्रेस सेन्टर नेपाल निकट डिलाराम भुसाल र प्रेस चौतारी नेपाल निकट पार्वती पाण्डेबीच चर्को प्रतिस्पर्धा हुने भएको छ। आठ पदका लागि चुनाव हुने तयारी भइरहेको महासंघमा अन्य पद भने सर्वसम्मतिमा टुंगो लागेको छ।
पार्वती पाण्डेलाई केन्द्रिय सर्कुलरको आधारमा प्रेस युनियनले समर्थन दिएको छ भने पत्रकार महासंघको जिल्ला अध्यक्षमा एक कार्यकाल सफल अध्यक्षको रुपमा पुरा गरेका भुसाल यस पटक पुनः अध्यक्ष बन्न मैदानमा उभिएका छन्


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया