

जनकपुर बाेल्टस एनपीएलकाे प्लेअफमा पु्याे, अरुकाे अवस्था के हुन्छ ?


मंसिर २३, साझाकुरा । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम जनकपुर बोल्ट्स बनेको छ । लगातार चार जित हात पार्दै अंकतालिकामा ८ अंक जोडेर उसले प्लेअफमा स्थापन पक्का गरेको हो ।
आइतबार भएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गर्दै जनकपुरले विजयी यात्रा जारी राखेको हो । उसका लागि क्यानेडिन खेलाडी हर्ष ठाकेरले ९ रन सुरक्षित गर्दै टिमलाई रोमाञ्चक जित दिलाएका हुन् ।
यो जितपछि जनकपुर ८ अंकका साथ शीर्षस्थानमा पुगेको छ । आइतबारै हुने चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीचको खेल पनि अंकतालिकामा तलमाथि हुनेछ । जारी लिगमा ८ अंक बनाउन सक्ने टिम जनकपुरपछि बाँकी तीन टिम मात्र रहने छन् । त्यो तीन स्थानका लागि सुदूरपश्चिम, कर्णाली याक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।
यसमध्ये सुदूरको अहिले नै ६ अंक छ भने कर्णाली र चितवनको चार चार अंक छ । विराटनगर र पोखराको दुई दुई अंक छ ।
लिगमा ८ टिमले एकअर्कासँग एक एक खेल खेल्नेछन् । चारवटा टिम जनकपुर, लुम्बिनी, कर्णाली र विराटनगरले चार चार खेल खेलिसकेका छन् । आइतबारको दोस्रो खेलपछि सुदूरपश्चिम र चितवनले पनि चार चार खेल खेल्नेछन् ।
लुम्बिनी लायन्सले भने आफुले खेलेका चारवटै खेलमा पराजय भाेगेकाे छ । जसका कारण लुम्बिनीको प्लेअफ सम्भावनन न्यून भएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया