![](https://esajhakura.com/wp-content/uploads/2022/03/final-GIF.gif)
![](https://esajhakura.com/wp-content/uploads/2024/06/Bijayanagar-gaupalika-add-1024x114.gif)
जाडोमा देखिने स्वास्थ्य समस्याबाट कसरी जोगिने ?
![](https://esajhakura.com/wp-content/uploads/2024/08/ezgif-5-0f3610c14b-1024x111.gif)
![](https://esajhakura.com/wp-content/uploads/2025/01/Untitled-1-1024x154.gif)
![](https://i0.wp.com/esajhakura.com/wp-content/uploads/2024/12/Dipendra-chand.jpg?fit=640%2C360&ssl=1)
![](https://esajhakura.com/wp-content/uploads/2024/12/GGGGGGG-CHAND-POLYCLINIC-INLINE-ADVERT.gif)
– डा. दिपेन्द्र चन्द | जाडोमा चिसो तापक्रम, थोरै सापेक्ष आर्द्रता र लामो समय हिटरमा बस्नी जस्ता कारणले धेरै स्वास्थ्य समस्या आइपर्न सक्छ । जाडो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । ज्वरो, निमोनिया, स्कीन एलर्जी र दमजस्ता स्वास्थ्य समस्याले सताउने हुँदा शरीरलाई न्यानो राख्न एकदमै जरुरी हुन्छ । जाडो मौसममा शरीर पूरै छोप्ने गरी लुगा लगाउन र खानपानमा पनि विशेष ध्यान दिन जरुरी छ । जाडोमा चिसोका कारण हुने स्वास्थ्य समस्यामा निमोनिया, स्कीन एलर्जी, दम हुन् । यी तीनवटै रोगहरु चिसो बढेसँगै लाग्ने गर्दछन् ।
चिसोले रुघाखोकी लाग्छ, त्यही रुघाखोकी बिग्रियो भने निमोनिया हुने गर्छ । कसै—कसैलाई कोल्ड एलर्जी हुने गर्छ । बच्न के गर्ने ? खासगरी जाडो मौसममा चिसोबाट बच्नु नै रोगहरु बाट बच्ने प्रमुख उपाय हो । जाडो महिनामा चिसो मौसमका कारण स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न सक्छन्। यी समस्याहरूबाट बच्न केही सावधानी अपनाउन आवश्यक हुन्छ।
जाडो महिनामा लाग्ने सामान्य रोगहरू
– सामान्य रुघाखोकी
रुघाखोकीको खास कारण भनेको भाइरस संक्रमण संक्रमण हो । रुघाखोकी लाग्नासाथ बिरामीमा नाक बग्ने, घाँटी दुख्ने, खोकी, ज्वरो समेत आउने जस्ता लक्षणहरु देखा पर्दछन् । यसबाट बच्नका लागि चिसोबाट जोगिन न्यानो कपडा लगाउने, समयमै भाइरसविरुद्धको खोप (जस्तै फ्लू शट) लगाउने, बारम्बार हात धोइ राख्ने गर्नुपर्दछ ।
– श्वासप्रश्वास सम्बन्धी समस्या
जाडो महिनामा चिसो मौसमका कारण स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न सक्छन्। ती मध्ये एक हो श्वासप्रश्वास सम्बन्धी समस्या । दम, ब्रोंकाइटिस, निमोनिया श्वासप्रश्वास सम्बन्धी समस्याहरु जाडो यामका बेला देखिने गर्दछन् । खासगरी चिसो हावा र प्रदूषणका कारण नै यी समस्या देखिन्छन् ।यस्तो समस्याबाट बच्नका लागि नाक र मुख छोपेर चिसोबाट जोगिने, धूलो, धुवाँ र एलर्जी हुने कुराबाट टाढा बस्ने गर्नु राम्रो हुन्छ ।
– अस्थि र जोर्नीको दुखाइ
जाडोमा चिसो तापक्रम, थोरै सापेक्ष आर्द्रताका कारण जोर्नी कडा हुने र दुख्ने समस्या कतिपयमा देखिन्छ । यसबाट बच्नका लागि न्यानो कपडा लगाएर जोर्नीहरू ढाकेर राख्ने, नियमित रूपमा हल्का व्यायाम गर्ने, चिसो ठाउँमा बस्दा तताउने साधन प्रयोग गर्ने गर्दा दुखाई कम गर्न सकिन्छ ।
– छाला सुख्खा हुनु र एलर्जी
जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो। छालाका लागि जाडो अनुकूल समय होइन। यस्तोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ। चिसो हावा र सुख्खा वातावरणका कारण यो समस्या देखिने गर्छ । यस्तो समस्याबाट जोगिन चिसोबाट छाला जोगाउन लोशन र मोइस्चराइजर लगाउने, धेरै तातो पानीले ननुहाउने, घरभित्र हावालाई चिस्यानयुक्त बनाउनमा ध्यान दिने गर्नु राम्रो हुन्छ ।
– हाइपोथर्मिया र फ्रस्टबाइट
हाइपोथर्मिया भन्नाले शरीरको भित्री तापक्रम ३५ डिग्री सेन्टिग्रेड (९५ डिग्री फरेनहाइट( भन्दा कम भएको अवस्थालाई बुझिन्छ। यसको लक्षण तापक्रमअनुसार फरकफरक हुनसक्छ। मन्द खालको हाइपोथर्मियामा जीउ काम्ने तथा दिमाग सुस्त भएर अलमल्ल पर्ने हुन्छ। मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमागको सुस्तता बढेर जान्छ। कडा खालको हाइपोथर्मिया भएपछि बिरामीले बेहोसीमा लगाइरहेको कपडा खोल्न पनि सक्छ र मुटुको धड्कन बन्द हुने खतरा बढेर जान्छ।यदि यसको समयमा नै उपचार वा रोक थाम गरिएन भने ज्यान जाने खतरासम्म रहन्छ।
आवश्यकता अनुसारको कपडा लगाएर हाइपोथर्मियाबाट बच्न सकिन्छ। ओसिलो वा सुख्खा हुँदा पनि शरीरको तापलाई जोगाएर न्यानो बनाउने हुनाले कटनका लुगाभन्दा सिन्थेटिक तथा उनबाट बनेका लुगाहरू उपयोगी हुन्छन्।
जाडोबाट बच्ने सामान्य उपायहरू
समग्रहा जाडो महिनाका समयमा तराइका जिल्लामा शितलहर र अधिक चिसो बढ्ने हुँदा यस्तो समयमा शरीरलाई न्यानो राख्ने कपडा लगाउने। भिटामिन सी र डीयुक्त खाना, तातो सुप र झोलयुक्त खानेकुरा खाने, जाडोमा पनि शरीरलाई हाइड्रेट राख्न नियमित पानी पिउने, हल्का व्यायामले रोग प्रतिरोधात्मक क्षमता बढाउँने हुँदा हल्का व्यायम गर्ने, भाइरस र रोगहरूप्रति सुरक्षा दिनका लागि खोप लगाउने गर्नुपर्छ । यी उपायहरूले जाडो मौसममा स्वस्थ रहन सहयोग गर्छन्।
![](https://esajhakura.com/wp-content/uploads/2020/12/belbase-suppliers-final-ads.gif)
प्रतिक्रिया