लायन्स कपिलवस्तुद्धारा १५ औँ कपिलवस्तु महोत्सव भित्र आज रक्तदान आयोजना गर्दै

लायन्स कपिलवस्तुद्धारा रक्तदान कार्यक्रम, नि:शुल्क स्वास्थ्य परीक्षण लगायतका गतिविधि सञ्चालन

कपिलवस्तु : १५ औँ कपिलवस्तु महोत्सवको अवसरमा आज १२ बजेबाट लायन्स क्लब अफ कपिलवस्तुद्वारा विशेष रक्तदान कार्यक्रम सञ्चालन हुँदैछ। महोत्सवका कार्यक्रम संयोजक सागर घिमिरेका अनुसार यो कार्यक्रमले समाजसेवा र स्वास्थ्य सचेतनाको महत्वपूर्ण सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

लायन्स क्लब अफ कपिलवस्तु वर्ष २०२४/२५ का अध्यक्ष नवदत्त घिमिरेले महोत्सवभित्र आयोजित विभिन्न सामाजिक सेवाका क्रियाकलापले समुदायलाई प्रत्यक्ष फाइदा पुर्‍याउने बताए। उनले भने, “रक्तदानले जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्छ। यस्तो कार्यले हाम्रो सामाजिक जिम्मेवारी पनि अभिव्यक्त गर्छ।”

महोत्सवका स्वास्थ्य संयोजक राजेश कुमार पन्थका अनुसार महोत्सव अवधिभर नि:शुल्क स्वास्थ्य परीक्षण, दैनिक सुगर चेकजाँचजस्ता कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। उनले लायन्स क्लबले महोत्सवमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका लागि गरेको योगदानको प्रशंसा गर्दै भने, “स्वास्थ्य गतिविधिहरूले समाजमा सकारात्मक प्रभाव पार्नेछन्।”

कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा मंसिर १९ गतेदेखि पुस २ गतेसम्म बुद्ध रंगशालामा सञ्चालन भइरहेको महोत्सवको मूल नारा “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” हो। महोत्सवले जिल्लाको आर्थिक, सांस्कृतिक र सामाजिक प्रगतिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

महोत्सवमा विविध गतिविधिहरू सञ्चालन भइरहेका छन्, जसले व्यवसाय प्रवर्द्धन मात्र होइन, सामाजिक सेवाका क्षेत्रमा पनि विशेष योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

प्रतिक्रिया

खबर सबै