कपिलवस्तुकाे शुद्धाेधन १ मा एमालेका ताहिर मुसलमान विजयी

साझाकुरा, कपिलवस्तु। कपिलवस्तुमा नेकपा एमालेका उमेदवार विजयी भएका छन । शुद्धोधन गाउँपालिका–१ यसअघि काँग्रेसले जितेकोमा यसपटकको उपचुनावमा नेकपा एमालेले जित हासिल गरेको हाे ।

निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार ताहिर मुसलमान १ हजार १ सय ५० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार ७६ मत प्राप्त गरे ।

त्यस्तै, जनमत पार्टीका उम्मेदवार सीताराम पटेल ४ सय २३ मतसहित तेस्रो भएका छन् । यो पालिकामा यसअघि नेपाली कांग्रेसका उम्मेदवार तिलकराम यादव निर्वाचित भएका थिए ।त्यतिबेला उनी १ हजार ३२ मतले विजयी हुँदा नेकपा एमालेका अब्दुल मोजीब खाँले ८ सय ८९ मत मात्रै पाएका थिए ।

यसअघिको चुनावमा कपिलवस्तुका संघ, प्रदेश र स्थानीय तहका पदमा अधिकांस स्थानमा एमालेले जित हासिल गरेको थियो । काँग्रेसको शुद्धोद्धन १ पनि जितेपछि एमाले नेता कार्यकर्ता झन् खुसी भएका छन् ।

प्रतिक्रिया

खबर सबै