

कपिलवस्तुकाे शुद्धाेधन १ मा एमालेका ताहिर मुसलमान विजयी



साझाकुरा, कपिलवस्तु। कपिलवस्तुमा नेकपा एमालेका उमेदवार विजयी भएका छन । शुद्धोधन गाउँपालिका–१ यसअघि काँग्रेसले जितेकोमा यसपटकको उपचुनावमा नेकपा एमालेले जित हासिल गरेको हाे ।
निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार ताहिर मुसलमान १ हजार १ सय ५० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार ७६ मत प्राप्त गरे ।
त्यस्तै, जनमत पार्टीका उम्मेदवार सीताराम पटेल ४ सय २३ मतसहित तेस्रो भएका छन् । यो पालिकामा यसअघि नेपाली कांग्रेसका उम्मेदवार तिलकराम यादव निर्वाचित भएका थिए ।त्यतिबेला उनी १ हजार ३२ मतले विजयी हुँदा नेकपा एमालेका अब्दुल मोजीब खाँले ८ सय ८९ मत मात्रै पाएका थिए ।
यसअघिको चुनावमा कपिलवस्तुका संघ, प्रदेश र स्थानीय तहका पदमा अधिकांस स्थानमा एमालेले जित हासिल गरेको थियो । काँग्रेसको शुद्धोद्धन १ पनि जितेपछि एमाले नेता कार्यकर्ता झन् खुसी भएका छन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया