

पहिरोले पुर्दा चारको मृत्यु, एक जना बेपत्ता



१६ मंसिर २०८१, रोल्पा । रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिंदा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् ।
जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गरेका कामदारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिएका छन् । बेपत्ता एक जनाको खोजी भइरहेको प्रवक्ता शाहीले बताएका छन् । मृतकहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया