
लुम्बिनीबाट एनपीएल खेल्न नेपाल आईपुगे टम मुर्स




नेपाल प्रिमियर लिगमा सहभागी हुनका लागि इङ्गल्यान्डका विकेटकिपर ब्याट्सम्यान टम मुर्स नेपाल आईपुगेका छन। मुर्सले नेपाल प्रिमियर लिगमा लुम्बिनी लियन्सबाट खेल्नेछन।
सन् २०१६ देखि फर्स्ट क्लास ए लिस्टमा आफ्नो प्रभावशाली प्रदर्शन देखाउँदै आएका मुर्सले सन् २०२३ देखी टी-२० क्रिकेटमा आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन् ।
मुर्स काउन्टी, बिपिएल, एलपिएल, पिएस्एल लगायत विभिन्न लिगहरु खेलिरहेका उत्कृष्ट लयमा रहेका विकेटकिपर तथा ब्याट्सम्यान हुन् । १२८ वटा विभिन्न फ्रेन्चाइजी टी-२० खेलिसकेका उनले २३.३४ औसतमा २३२१ रन हानेका छन् । उनको ८० रनको अविजित उच्च स्कोर रहेको छ ।
फर्स्ट क्लास क्रिकेटमा ७८ खेल खेलेका उनले १२३ इनिङमा ७ पटक ब्याटिङ गर्दै अविजित २६८१ रन बनाएका छन् । त्यस्तै १०६ को सर्वाधिक स्कोर बनाएका उनले लामो इनिङ खेल्न सक्ने पनि आफ्नो क्षमतालाई पनि सावित गरेसकेका छन् । कुल ५२४५ बलमा उनको औसत ब्याटिङ २३.१ रहेको छ । अहिलेसम्मको आफ्नो करिअरमा २ शतक र ८ अर्धशतक बनाएका मोरिसले ३८५ चौका र ३९ छक्का प्रहार गरेका छन् ।
मुर्सले लिस्ट ए क्रिकेटमा २९ खेल खेलेका छन् जसमा २६ इनिङमा ६ पटक अविजित रहँदै ७७६ रन बनाएका छन् । ७६ को सर्वाधिक स्कोर र ३८.८ को औसतले उनको निरन्तरता देखाउँछ । ६९३ बल खेलेर उनले ११२.० को उत्कृष्ट स्ट्राइक रेट बनाएका छन् । यो फर्म्याटमा उनले ५ अर्धशतक र ७१ चौका तथा ३५ छक्का प्रहार गरेका छन् ।
टी-२० क्रिकेटमा उनले १३३ खेल खेलेका छन् जसमा १२० इनिङमा ब्याटिङ गर्दै २७ पटक अविजित रहँदै २२३२ रन बनाएका छन् । ४० को सर्वाधिक स्कोर र २४.० को ब्याटिङ औसतले छोटो फर्म्याटमा उनको योगदानलाई देखाउँछ । १६८७ बल खेलेर उनले १३२.३ को सशक्त स्ट्राइक रेट राखेका छन्। टी-२० मा उनले ८ अर्धशतक, १८२ चौका र ९६ छक्का प्रहार गरेका छन् । विकेटकिपरको रूपमा उनले १२० इनिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् । फर्स्ट क्लास क्रिकेटमा उनले २२० क्याच र ५ स्टम्पिङ गरेका छन् भने लिस्ट ए मा उनले २७ क्याच र ५ स्टम्पिङ गरेका छन् । टी-२० फर्म्याटमा उनले ६५ क्याच र १९ स्टम्पिङ गरेका छन् ।
लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल हुन भने प्रमुख प्रशिक्षक नन्दन फदनिस रहेका छन। लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल मङ्सिर १९ गते बिराटनगर किङ्स विरुद्ध खेल्नेछ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया