
भूमि अधिकारका लागि कपिलवस्तुमा तीन दिने प्रशिक्षण सम्पन्न

कपिलवस्तु – राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको सहजीकरणमा “संगठन विकास र सुदृढीकरण” सम्बन्धी तीन दिने अगुवा प्रशिक्षण कार्यक्रम कपिलवस्तुमा सम्पन्न भएको छ। जिल्ला भूमि अधिकार मञ्चको व्यवस्थापन र आत्मनिर्भर सेवा केन्द्र तथा राष्ट्रिय भूमि सञ्जाल समुन्नतिको आर्थिक सहयोगमा आयोजित कार्यक्रम कपिलवस्तुको वाणगंगा नगरपालिका, बोडगाउँस्थित पत्रकार महासंघको हलमा सम्पन्न गरिएको हो।
कार्यक्रममा विजयनगर, शिवराज, बुद्धभूमि, वाणगंगा, कपिलवस्तु,सहित विभिन्न स्थानीय तहका ३० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रशिक्षण कार्यक्रमको उद्घाटन जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष निरवत थारुले गरेका थिए।
प्रशिक्षणको क्रममा संगठन विकास, जिल्लाको नक्शांकन, भूमि आयोगसँगको छलफल, र वार्षिक योजना निर्माण जस्ता विषयहरूमा केन्द्रित प्रशिक्षण प्रदान गरियो। सहभागीहरूले जिल्ला आयोग गठनपछिको भूमि नापजाँच, लगत संकलन, प्राथमिकता निर्धारण, र निस्सा प्राप्ती अभियानलाई सहजीकरण गर्न प्रतिवद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागीहरूले भूमि अधिकारको सुनिश्चितता र स्थानीय समुदायहरूको सशक्तिकरणका लागि एकजुट हुने र आयोगलाई आवश्यक दबाब र सहयोग प्रदान गर्ने संकल्प गरेका छन्।
यस प्रशिक्षणले भूमि अधिकार सम्बन्धी विषयमा थप जानकारी, सामूहिक रणनीति, र योजनाहरू बनाउन महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।
राष्ट्रिय भुमी अधिकार मंच जिल्ला कार्य समिती कपिलवस्तु आयोजनामा भुमि अधिकार सम्वन्धी सम्पन्न प्रशिक्षणमा जिल्ला अध्यक्ष नीरवत थारुकाे अध्यक्षता, केन्द्रीय अध्यक्ष लेम दर्जीकाे प्रमुख आतिथ्यता रहेको थियाे भने केन्द्रीय सचिव विजु खँणकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा केन्द्रीय सदस्य मञ्जु थारु लगाएतकाे आतिथ्यतासहित उपाध्यक्ष प्रसाद घिमीरेाे स्वागत र सचिव भुपाल थापाकाे संचालनमा सम्पन्न भएको हाे ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया