

१० हजार माछाका भूरा बबई नदीमा छाडिए



नेपालगञ्ज, मंसिर ९ गते | बर्दियाको बबई नदीको भादा घाटमा १० हजार माछाका भुरा छाडिएका छन् । विश्व मत्स्य दिवस २०८१ को अवसरमा “मत्स्य क्षेत्रमा लगानी वृद्धिः खाद्य सुरक्षा, दिगो विकास र समृद्धि” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा बबई नदीको भादा घाटमा १० हजार माछाका भुरा छाडिएका हुन् ।
परम्परागत र स्थानीय माछा आयातित प्रजातिका कारण लोप हुने जोखिम बढेपछि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दिया र भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र बाँकेको संयुक्त आयोजनामा रोहु, नैनी र भाकुर जातका माछाका भूरा बबई नदीमा छाडिएका हुन् ।
बबई नदीमा रोहँ्, नैनी, भाकुर, पढ्नी, र बामजस्ता स्थानीय जातका माछा पाइने गरेको भए पनि पछिल्लो समय ती लोप हुँदै गइरहेकाले थप भुरा छोड्नु परेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताउनुभयो ।
उहाँले पछिल्लो समय मत्स्य अनुसन्धान केन्द्र, प्रदेश र स्थानीय सरकारको सहयोगमा स्थानीय प्रजातिका माछा संरक्षणमा सहयोग भइरहेकाले तिनीहरूको संख्या बढ्दै गएको जानकारी दिनुभयो ।
प्रमुख ढकालका अनुसार बर्दियामा हाल ४३६ हेक्टर क्षेत्रमा माछा पोखरी छ, जहाँ वार्षिक २ हजार २३४ मेट्रिक टन माछा उत्पादन हुन्छ । तर, पोखरी र नदीमा भुरा छोड्दा बकुल्ला र सर्पले खाने जोखिम रहने भएकाले कम्तीमा १०–१५ ग्रामका माछा छोड्दा उपयुक्त हुने ढकालको सुझाव छ ।
स्थानीय माछा प्रजातिको संरक्षण र जलारी समुदायको जीवनस्तर सुधारका लागि माछा पालनका लागि केज हस्तान्तरण, भूरा छोड्ने कार्यक्रम र व्यावसायिक माछापालन प्रवर्धनजस्ता गतिविधि बर्दियामा अघि सारिएको छ । ती कार्यक्रमले बर्दियालाई दुध, माछा, मासु र अण्डामा आत्मनिर्भर बनाउने योजना सफल बनाउन मद्दत पुग्ने लक्ष्य लिएको छ ।


खबर सबै
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
-
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयतालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
-
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयतालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा







प्रतिक्रिया