

मिटरब्याजी आरोपमा एक दम्पतीमाथि नेकपा (बहुमत) कार्यकर्ताहरुको आक्रमण



दाङ | नेकपा (बहुमत) का कार्यकर्ताहरुले बिहीबार मिटरब्याजी आरोपमा एक दम्पतीमाथि आक्रमण गरेका छन् ।घोराहीउपमहानगरपालिका १५ बिपि चोक निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
बीपीचोकस्थित एक जना ऋणीसँग पैसा मागेर फर्कँदै गरेका दम्पत्तीलाई सडकमै रोकेर आक्रमण गरेका थिए ।नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले विज्ञप्ति जारी गरी घटनाको जिम्मा लिएका छन् ।
बस्नेत दम्पतीले सर्वसाधारणसँग मिटरब्याजका नाममा ठगी गरेको, नक्कली तमसुक बनाएर मुद्दा दिने गरेको र पीडितहरुलाई अत्याचारगरेकाले कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ ।
ती दम्पतीलाई प्रहरीले गत साउनमा मिटरब्याजका नाममा ठगी गरेको आरोपमा पक्राउ गरेको थियो । २४ दिन हिरासतमा राखी मुद्दा दर्ता गरेकोमा अदालतबाट धरौटीमा छुटेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।
आक्रमणबाट दम्पतीको नाकमागम्भिर चोट लागेको र उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको उनले बताए । शंकास्पद चार जनालाईनियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया