
कपिलवस्तु : दुई जना फरार प्रतिवादी पक्राउ

कपिलवस्तुमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले लागुऔषध मुद्दा र ठगी मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो।
शिवराज नगरपालिका-९ रमुबादह बस्ने रनबहादुर बुढा मगर र यशोधरा गाउँपालिका बस्ने परमपति कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो।
रन बहादुर बुढा मगरलाई लागु औषध मुद्दामा २०८० पुस २५ गते कपिलवस्तु जिल्ला अदालतले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
त्यसयता फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनी कारागार चलान भइसकेका छन्।
अर्का प्रतिवादी परमपति कुर्मीलाई ठगी मुद्दामा २०८० चैत २६ गते जिल्ला अदालतले ६ महिना कैद र ५ हजार जरिवाना तोकेको थियो। उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी अदालतमा पेश गरेको हो। उनी पनि कारागार चलान भएका छन्।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया