

भुटानले एक दिनमै बेच्यो साढे चार अर्ब मूल्यको बिटक्वाइन, भण्डारणमा अझै छ डेढ खर्बको क्रिप्टो



काठमाडौं : भुटान सरकारले हालै मात्र करिब साढे चार अर्ब रुपैयाँभन्दा बढी मूल्यको बिटक्वाइन बिक्री गरेको छ । गत बिहीबार भुटानले क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समार्फत तीन करोड ३५ लाख अमेरिकी डलर बराबरको बिटक्वाइन बिक्री गरेको हो ।
‘आर्कहम इन्टेलिजेन्स’ नामक एनालिटिक्स कम्पनीलाई उद्धृत गर्दै क्वाइन मार्केट क्यापले जनाए अनुसार भुटानले ३६७ भन्दा बढी बिटक्वाइन बाइनान्स एक्सचेन्जमा ट्रान्सफर गरेको थियो । बिटक्वाइनको मूल्य ९० हजार अमेरिकी डलर पुगेको समयमा सो कारोबार भएको रिपोर्टमा उल्लेख छ ।
भुटानले यसअघि पनि बिटक्वाइनको मूल्य ७० हजार अमेरिकी डलर हुँदा ६ करोड ६० लाख अमेरिकी डलर बराबरको बिटक्वाइन विक्री गरेको थियो । सरकारी निकाय ड्रुक होल्डिङ एन्ड इन्भेस्टमेन्टले भुटानमा बिटक्वाइनको व्यवस्थापन गर्दै आएको छ । उल्लिखित दुई महत्त्वपूर्ण बिक्रीका बाबजुद अहिले भुटानसँग १२ हजार २०६ वटा बिटक्वाइन रहेको जनाइएको छ, जसको मुल्य १.११ अर्ब अमेरिकी डलर अर्थात झन्डै डेढ खर्ब रुपैयाँ बराबरको छ ।
पछिल्ला केही वर्षयता बिटक्वाइन भुटानको प्रमुख डिजिटल सम्पत्तिका रूपमा रहेको छ । भुटानले जलविद्युत स्रोतको प्रयोग गर्दै सन् २०१७ देखि बिटक्वाइन माइनिङ सुरु गरेको थियो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया