

भुटानले एक दिनमै बेच्यो साढे चार अर्ब मूल्यको बिटक्वाइन, भण्डारणमा अझै छ डेढ खर्बको क्रिप्टो



काठमाडौं : भुटान सरकारले हालै मात्र करिब साढे चार अर्ब रुपैयाँभन्दा बढी मूल्यको बिटक्वाइन बिक्री गरेको छ । गत बिहीबार भुटानले क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समार्फत तीन करोड ३५ लाख अमेरिकी डलर बराबरको बिटक्वाइन बिक्री गरेको हो ।
‘आर्कहम इन्टेलिजेन्स’ नामक एनालिटिक्स कम्पनीलाई उद्धृत गर्दै क्वाइन मार्केट क्यापले जनाए अनुसार भुटानले ३६७ भन्दा बढी बिटक्वाइन बाइनान्स एक्सचेन्जमा ट्रान्सफर गरेको थियो । बिटक्वाइनको मूल्य ९० हजार अमेरिकी डलर पुगेको समयमा सो कारोबार भएको रिपोर्टमा उल्लेख छ ।
भुटानले यसअघि पनि बिटक्वाइनको मूल्य ७० हजार अमेरिकी डलर हुँदा ६ करोड ६० लाख अमेरिकी डलर बराबरको बिटक्वाइन विक्री गरेको थियो । सरकारी निकाय ड्रुक होल्डिङ एन्ड इन्भेस्टमेन्टले भुटानमा बिटक्वाइनको व्यवस्थापन गर्दै आएको छ । उल्लिखित दुई महत्त्वपूर्ण बिक्रीका बाबजुद अहिले भुटानसँग १२ हजार २०६ वटा बिटक्वाइन रहेको जनाइएको छ, जसको मुल्य १.११ अर्ब अमेरिकी डलर अर्थात झन्डै डेढ खर्ब रुपैयाँ बराबरको छ ।
पछिल्ला केही वर्षयता बिटक्वाइन भुटानको प्रमुख डिजिटल सम्पत्तिका रूपमा रहेको छ । भुटानले जलविद्युत स्रोतको प्रयोग गर्दै सन् २०१७ देखि बिटक्वाइन माइनिङ सुरु गरेको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया