स्वाभिमान सहकारीकाे साधारणसभा सम्पन्न, घिमिरेकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन

साझाकुरा, कपिलवस्तु । बाणगंगा नगरपालिका–१, चार नम्बरमा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। बुङ्चीस्थित सिद्धार्थ क्याम्पसको सभा हलमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले सहकारी क्षेत्रले आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै स्वाभिमान सहकारी संस्थाले समुदायको आर्थिक उन्नतिमा गरेको योगदानको प्रशंसा गरे।

विशिष्ट अतिथि तथा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सहकारीहरूले अनुशासन र पारदर्शिता कायम गर्दै समुदायमा सकारात्मक प्रभाव पार्नुपर्नेमा जोड दिए। उनले सहकारीका गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक समिति सदस्य गुणनिधि भुसालले सहकारी अभियानलाई थप मजबुत बनाउनका लागि राज्य र सहकारीहरूको सहकार्य आवश्यक रहेको बताए।

११ सदस्यीय नयाँ सञ्चालक समिति चयन

साधारणसभाले ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ। सभाले घनश्याम घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

यस सभाले सहकारी संस्थाको आगामी कार्ययोजना प्रस्तुत गर्दै सहकारी अभियानलाई अझ सबल र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा सहकारीका शेयर सदस्यहरू, स्थानीय नेताहरू, र सहकारी अभियन्ताहरूको उत्साहजनक उपस्थिति थियो।

प्रतिक्रिया

खबर सबै