

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर


काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक रहने घोषणा गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत क्यानका सचिव पारस खड्काले एनपीएल र बैंकबीच पाँच वर्षको सहकार्य हुने जानकारी दिए ।
क्यानका सचिव खड्काले कीर्तिमान सहकार्य भएको उल्लेख गरे पनि कति रकममा सम्झौता भएको भन्नेबारे भने खुलाउन चाहेनन् ।
सो अवसरमा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडियाले नेपालमा लोकप्रिय रहेको क्रिकेट खेल विकासमा सहयोग गर्ने उद्देश्यले बैंकले सहकार्य गरेको बताए ।
उनले एनपीएलका कारण खेलाडीले विश्वका स्टारसँग खेल्ने राम्रो अवसरमा पाउने र देशको पर्यटनमा पनि सघाउ पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा क्यानका सचिव खड्काले दुई दिनभित्र एनपीएलको खेलतालिका सार्वजनिक गरिने र मंसिर १६ गते कीर्तिपुरमा नै उपनिर्वाचन हुने भएकाले त्यस दिन खेल सञ्चालन नहुने स्पष्ट पारे ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया