
विजयनगर गाउँपालिकाको नयाँ योजना: ‘स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान’

साझाकुरा, कपिलवस्तु | कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाले आफ्ना वासिन्दाहरुलाई स्वास्थ्य बिमामा सहुलियत दिने निर्णय गरेको छ। पालिकाले स्वास्थ्य बिमा शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्दै, आर्थिक रूपमा कमजोर परिवारहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन मद्दत गर्ने योजना ल्याएको हो।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले मङ्सिर महिनाबाट यो योजना कार्यान्वयनमा ल्याइने जानकारी दिएका छन्। यस योजनाबाट ६,००० भन्दा बढी परिवारलाई लाभ पुग्नेछ।
गाउँपालिकाले आधारभूत अस्पताल सञ्चालनको तयारी गर्दै, स्थानीय जनतालाई स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउन प्रतिबद्धता जनाएका छन्।
स्वास्थ्य बिमामा सहुलियत दिने यो योजनाले आर्थिक रूपमा कमजोर परिवारहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने पालिकाको विश्वास छ। यस्तै यो कार्यक्रम मङ्सिरबाट लागु गराउने गरी कार्यपालिकाको बैठकले निर्णय समेत गरेको गउँपालिका अध्यक्ष थापाले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रोत्साहन गर्न सहुलियत योजना ल्याएको बताए । पालिकाले आधारभूत अस्पताल समेत सञ्चालन गर्ने तयारी रहेकोले बिमाले स्थानीय जनता लाभान्वित हुने उनको भनाइ छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया