

एक लाख बढी पुरस्कार राशिको ‘तेस्रो मोतिपुर फुलबारी कप’ आयोजना हुँदै


साझाकुरा, कपिलवस्तु | कपिलवस्तुको बाणगंगामा एक लाख बढी पुरस्कार राशिको फुटबल प्रतियोगिता आयोजनाका लािग तयारी थालिएको छ । बाणगंगा नगरपालिका वडा नम्रब ७ मोतिपुरमा मंसिर ८ गते देखि उक्त प्रतियोगिता हुने भएको हो ।
मोतिपुर प्रगतिशील युवा क्लवको आयोजनामा तेस्रो मोतिपुर फुलबारी कप २०८१ आयोजना हुने क्वलका अध्यक्ष शंकर प्रसाद न्यौपानेले साझाकुरालाई जानकारी दिए । उनका अनुसार प्रतियोगिता मोतिपुर स्थित फुटबल मैदानमा संचालन हुने छ । प्रतियोगितामा आफ्नो टिम दर्ताका लागि मंसिर ६ गते सम्मको समय दिएको छ । उक्त प्रतियोगितामा सहभागी हुने फुटबल टिमले प्रति टिम ६ हजार रुपैँया सहित टिम दर्ता गर्न पाउने क्लवका अध्यक्ष न्यौपानेले बताए ।
प्रतियोगितामा बिजेता टिमले नगद १ लाख १ हजार १११ रुपैँयासहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ भने द्धितीय हुने टिमले नगद ५१ हजार १११ सहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।
खेल खेलौँ स्वस्थ रहाँै भन्ने नाराका साथ मोतिपुर प्रगतिशील युवा क्लवले पछिल्लो तीन वर्ष देखि मोतिपुर फुलबारी कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । यस पटक क्लवले तेस्रो संस्करण आयोजना गर्ने तयारी गरेको हो ।



खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया