

भारतले १२ वर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज गुमायो


काठमाडौं । न्युजिल्याण्डसँगको तीन खेलको टेस्ट सिरिजको दोस्रो खेलमा पनि भारत ११३ रनले पराजित भएको छ ।
यससँगै भारतले १२ वर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज गुमाएको छ । टोलीको पछिल्लो हार सन् २०१२ मा इङ्ल्यान्डसँग भएको थियो ।
पुणेमा भएको दोस्रो टेस्टमा न्युजिल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले पहिलो इनिङ्समा २५९ रन बनाएको थियो । पहिलो इनिङ्समा भारतीय टोली १५६ रनको स्कोरमा अलआउट भएको थियो ।
दोस्रो इनिङ्समा ब्याटिङ गरेको न्युजिल्यान्डको टोलीले २५५ रन बनाएर भारतीय टोलीलाई जितका लागि ३५९ रनको लक्ष्य दिएको थियो ।
लक्ष्य पछ्याएको भारतीय टोली २४५ रनमै अलआउट भयो । दोस्रो इनिङ्समा भारतका लागि यशस्वी जैसवालले सर्वाधिक रन बनाए । उनले ७७ रनको इनिङ खेले।
दोस्रो इनिङ्समा न्यूजिल्याण्डका स्पिन बलर मिचेल सेन्टनरले ६ विकेट लिए ।
तीन टेस्टको शृङ्खलामा न्युजिल्यान्डले २–० ले आफ्नो पोल्टामा पारिसकेको छ । पाहुना टोलीले बेंगलुरुमा खेलिएको पहिलो टेस्ट खेल पनि ८ विकेटले जितेको थियो ।
शृंखलाको तेस्रो र अन्तिम टेस्ट खेल नोभेम्बर १ बाट मुम्बईमा हुनेछ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया