

गोलभेँडाको मूल्य हालसम्मकै उच्च



पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा तरकारीको मूल्य आकासिएको छ । त्यसमा पनि गोलभेँडाको मूल्य अत्यधिक बढेको छ ।
उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपैयाँ पुगेको छ । मागअनुसार गोलभेँडाको आपूर्ति हुन नसक्दा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
खुद्रामा गोभेँडाको मूल्य प्रतिकेजी दुई सयदेखि २५० सम्ममा किनबेच भइरहेको छ । समितिका अनुसार केही दिनअगाडि देशभर आएको अविरल वर्षाले गोलभेँडा खेतीमा क्षति पुगेकाले मूल्य उच्च भएको हो । यसअघि गोलभेँडाको मूल्य यति धेरै महँगिएको थिएन ।
अहिले कालीमाटी बजारमा गोलभेँडाको मूल्य प्रतिक्रेट तीन हजारदेखि तीन हजार पाँच सयसम्म पुगेको छ । तिहारपछि विस्तारै गोलभेँडाको मूल्य घट्ने अनुमान छ ।
उपत्यका बाहिर बुटवल तथा लुम्बिनी प्रदेशका जिल्लाहरुमा भने गोलभेडाको मुल्य प्रति के.जि १४० देखि माथि कायम छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया