

गोलभेँडाको मूल्य हालसम्मकै उच्च


पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा तरकारीको मूल्य आकासिएको छ । त्यसमा पनि गोलभेँडाको मूल्य अत्यधिक बढेको छ ।
उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपैयाँ पुगेको छ । मागअनुसार गोलभेँडाको आपूर्ति हुन नसक्दा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
खुद्रामा गोभेँडाको मूल्य प्रतिकेजी दुई सयदेखि २५० सम्ममा किनबेच भइरहेको छ । समितिका अनुसार केही दिनअगाडि देशभर आएको अविरल वर्षाले गोलभेँडा खेतीमा क्षति पुगेकाले मूल्य उच्च भएको हो । यसअघि गोलभेँडाको मूल्य यति धेरै महँगिएको थिएन ।
अहिले कालीमाटी बजारमा गोलभेँडाको मूल्य प्रतिक्रेट तीन हजारदेखि तीन हजार पाँच सयसम्म पुगेको छ । तिहारपछि विस्तारै गोलभेँडाको मूल्य घट्ने अनुमान छ ।
उपत्यका बाहिर बुटवल तथा लुम्बिनी प्रदेशका जिल्लाहरुमा भने गोलभेडाको मुल्य प्रति के.जि १४० देखि माथि कायम छ ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया