

सुनको भाउमा नयाँ किर्तिमान, १ लाख ६६ हजार ७ सय रुपैयाँ पुग्यो



काठमाण्डाै : सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनकाे भाउ आज ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार दशैँ बिदापछि सुनको भाउ लगातार बढिरहेको छ ।
मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै भाउ बढेको महासङ्घको भनाइ छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया