

सुनमा पाँच दिनदेखि निरन्तर ऐतिहासिक रेकर्ड



काठमाडौँ : पाँच दिनदेखि सुनको मूल्यले निरन्तर रुपमा ऐतिहासिक रेकर्ड बनाउँदै गएको छ । दसैँपछि खुलेको सुनचाँदी बजारले तेस्रो दिनदेखि नै ऐतिहासिक रेकर्ड बनाएकोमा आजसम्म पनि यसले निरन्तरता पाएको हो ।
सोमबार प्रतितोला सुनको मूल्य ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य आइतबार १ लाख ६५ हजार रुपैयाँ रहको थियो । त्यभन्दा अघिल्ला दिनहरुमा यो मूल्य क्रमशः १ लाख ६४ हजार ४००, १ लाख ६२ हजार ४०० र १ लाख ६१ हजार ८ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्यले समेत रेकर्ड कायम गरेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँ पुगेको छ । यस्तो मूल्य आइतबार २ हजार ७५ रुपैयाँ रहेको थियो । त्यस्तै, शुक्रबार १ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य त्योभन्दा अघिल्लो दिन १ हजार ९५० रुपैयाँ रहेको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया