

दाङमा एक युवक कुवाभित्र मृत्र फेला

दाङ । तुलसीपुरका एक युवक कुवा भित्र मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका(२ कुमलगडीका २९ वर्षीय रजमान चौधरी आफ्नै घरको कुवामा मृत अवस्थामा फेला परेका हुन्। उनी असोज ३० गतेदेखि बेपत्ता थिए।
असोज ३० गतेदेखि बेपत्ता रजमानको खोजी घर परिवारले बाहिर(बाहिर गर्दै आएका थिए।आइतबार बिहान पौने ७ बजेतिर कुवाबाट पानी तान्ने क्रममा मृतककी भाउजु आँसी चौधरीले कुवा भित्र मानिस डुबेको देखेकी थिइन्। त्यसपछि घर परिवारले प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका निरीक्षक प्रकाश थापाका कमाण्डमा विपद व्यवस्थापन कार्यादल सहितको टोली गएर शव निकालेका थिए। शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमर्टमका लागि ल्याइएको छ।
रजमान आफै कुवामा हामफालेको हुनसक्ने आशंका प्रहरीको छ। रजमान मदिराका अम्मली रहेको बयान घर परिवारले गरेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया