

दाङमा एक युवक कुवाभित्र मृत्र फेला



दाङ । तुलसीपुरका एक युवक कुवा भित्र मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका(२ कुमलगडीका २९ वर्षीय रजमान चौधरी आफ्नै घरको कुवामा मृत अवस्थामा फेला परेका हुन्। उनी असोज ३० गतेदेखि बेपत्ता थिए।
असोज ३० गतेदेखि बेपत्ता रजमानको खोजी घर परिवारले बाहिर(बाहिर गर्दै आएका थिए।आइतबार बिहान पौने ७ बजेतिर कुवाबाट पानी तान्ने क्रममा मृतककी भाउजु आँसी चौधरीले कुवा भित्र मानिस डुबेको देखेकी थिइन्। त्यसपछि घर परिवारले प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका निरीक्षक प्रकाश थापाका कमाण्डमा विपद व्यवस्थापन कार्यादल सहितको टोली गएर शव निकालेका थिए। शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमर्टमका लागि ल्याइएको छ।
रजमान आफै कुवामा हामफालेको हुनसक्ने आशंका प्रहरीको छ। रजमान मदिराका अम्मली रहेको बयान घर परिवारले गरेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया