

साम्बा आज फ्रान्सबाट नेपाल आउँदै


काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज फ्रान्सबाट नेपाल आउँदैछिन्।
काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ का लागि साम्बा आउन लागेकी हुन् ।
सावित्रा राती साढे १ बजे नेपाल आईपुग्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। साफ च्याम्पियनसिप बिहीबारदेखि नै दशरथ रंगशालामा सुरु भइसकेको छ । तर इएन अभान्ट गुईग्याम्पबाट फ्रान्स शीर्ष श्रेणीको महिला लिग फुटबल खेलिरहेकी साम्बाले भने क्फब ड्युटीका कारण साफमा नेपाल र भुटानबीचको पहिलो खेल गुमाइन् ।
शुक्रबार साम्बा विनै आफ्नो पहिलो खेल खेलेको नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
शनिवार स्ट्रासवर्ग विरुद्ध लिगको खेल खेलेकी साम्बाले गोल समेत गरिन्। उनले टिमको लागि पहिलो गोल गरेकी थिईन् र उक्त खेल गुईग्याम्पले ३-२ ले जितेको थियो । यस सिजनमा गुईग्याम्पको यो पहिलो जित हो।
साम्बा आएपछि नेपाली टिम बलियो हुने अपेक्षा छ । पहिलो खेलमा भुटान विरुद्ध नेपाल फिनिसिङमा चुक्दा साम्बाको अभाव देखिएको थियो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया