

नेपाल र अमेरिकाबीच पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुँदै


नेपाल र अमेरिकाबीचको तीन खेलको टी-२० सिरिज भोलिदेखि सुरु हुँदैछ। नेपाली समयअनुसार शुक्रबार विहान ५:४५ बजे तथा अमेरिकाको टेक्सासको समयअनुसार साँझ ७ बजे खेल हुनेछ।
नेपाल र अमेरिकाबीचको सिरिज टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा हुनेछ। नेपाल र अमेरिकाबीच यो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ।
आइसिसीले सन् २०१९ मा सबै देशको खेललाई अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपाल र अमेरिका टी-२० मा पहिलो पटक भिड्न लगेका हुन्।
यसअघि आइसिसी टी-२० विश्वकपअन्तर्गत वाम अप खेलमा नेपाल र अमेरिका खेल्ने तालिका भए पनि डलासमा भारी वर्षा हुँदा रद्द भएको थियो।
नेपाली टोली क्यानडामा आइसिसी विश्वकप लिग-२ को सिरिज र टी-२० सिरिज खेलेपछि अमेरिका पुगेको थियो। क्यानडा र ओमानविरूद्धको दुवै सिरिजमा नेपालले खराब प्रदर्शन गरेको थियो।
अमेरिकासँगको खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने हुनेछैनन्। उनी भिसाका कारण अमेरिका जान नपाएका हुन्।
नेपालले अमेरिकासँग तीन वटा टी-२० सिरिज खेलेपछि विश्वकप लिग-२ को सिरिज खेल्नेछ। लिग-२ को सिरिजमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछं।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया