

बाबर आजमलाई टिम बाहिर राख्न सिफारिस


पाकिस्तानका पूर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा उनलाई टिम बाहिर राख्ने तयारी गरिएको छ।
क्रिकइन्फोका अनुसार नयाँ छनौट समितिले आजमलाई टिम बाहिर राख्न सिफारिस गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले हालै आलीम डार, आकिब जावेद र अजहर अलीलाई छनौट समितिको सदस्यमा नियुक्त गरेको थियो ।
यस अघि पाकिस्तानको छनौट समितिमा असद शफिक र एनालिष्ट हसन चीमा रहेका थिए । साथै कप्तान र प्रशिक्षक पनि छनौट समितिमा हुने गर्दछन् ।
बाबरले कप्तान पुन: नियुक्त भएको ६ महिनापछि नै इङ्ग्ल्यान्डविरुद्धको टेस्ट शुरु हुनु अघि कप्तानी छोडेका थिए । बाबरले २०२२ को डिसेम्बर यता टेस्ट क्रिकेटमा अर्धशतक बनाउन सकेका छैनन् ।
इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्ट हारेको पाकिस्तानले दोस्रो टेस्ट अक्टोबर १५ देखि मुल्तानमा खेल्दै छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया