

काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिप : नेपाल किर्गिस्तानसँग अन्तिम सेटमा पराजित


काठमाण्डौ : काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको सुगाथादासा रङ्गशालामा हिजो बेलुका भएको आफ्नो चौथो खेलमा नेपाल किर्गिस्तानसँग २–३ को सेटमा पराजित भयो ।
किर्गिस्तानले पहिलो सेट २५–२३ र दोश्रो सेट २५–२१ ले जितेको थियो । तेश्रो र चौथो सेटमा नेपालले पुनरागमन गर्दै २५–२१ र २५–२२ ले जित्यो । खेलको पाँचौ तथा अन्तिम सेटमा किर्गिस्तानले १९–१७ ले जित्यो ।
यसअघि भएको आफ्नो पहिलो खेलमा श्रीलङ्का र तेश्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो । दोस्रो खेलमा उज्वेकिस्तानसँग पराजित भएको थियो । अब नेपालले पाँचौं तथा लिग चरणको अन्तिम खेलमा आज तुर्कमेनिस्तानसँग खेल्नेछ ।
नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच भोलि शनिवार फाइनल हुनेछ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया