

मार्क जुकरबर्ग बने विश्वकै दोस्रो धनाढ्य



काठमाडौँ – फेसबुक लगायत सामाजिक सञ्जाल कम्पनीहरूको माउ कम्पनी मेटाका हाकिमको धन दिनदिनै बढिरहेको छ ।
मेटाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) जुकरबर्ग यतिबेला विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । एमाजनका हाकिम जेफ बेजोस र फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएचएमका बर्नार्ड आर्नोलाई उछिनेर ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा उनी दोस्रो स्थानमा उक्लिएका छन् ।
सूचकका अनुसार जुकरबर्गको नेटवर्थ २ खर्ब ११ अर्ब डलर रहेको छ । उनीभन्दा अगाडि अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क छन् । मस्कको नेटवर्थ २ खर्ब ६३ अर्ब डलर रहेको छ । यो वर्ष सुरु भएयता जुकरबर्गको सम्पत्ति ८२ अर्ब डलरले बढिसकेको छ ।
हालै मात्रै उनी २ खर्बपतिको समूहमा प्रवेश गरेका थिए । जुकरबर्थले सन् २००४ मा फेसबुक लन्च गरेका थिए । उनको अधिकांश सम्पत्ति मेटाको शेयरमा रहेको छ ।एजेन्सी


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया