

मार्क जुकरबर्ग बने विश्वकै दोस्रो धनाढ्य



काठमाडौँ – फेसबुक लगायत सामाजिक सञ्जाल कम्पनीहरूको माउ कम्पनी मेटाका हाकिमको धन दिनदिनै बढिरहेको छ ।
मेटाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) जुकरबर्ग यतिबेला विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । एमाजनका हाकिम जेफ बेजोस र फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएचएमका बर्नार्ड आर्नोलाई उछिनेर ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा उनी दोस्रो स्थानमा उक्लिएका छन् ।
सूचकका अनुसार जुकरबर्गको नेटवर्थ २ खर्ब ११ अर्ब डलर रहेको छ । उनीभन्दा अगाडि अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क छन् । मस्कको नेटवर्थ २ खर्ब ६३ अर्ब डलर रहेको छ । यो वर्ष सुरु भएयता जुकरबर्गको सम्पत्ति ८२ अर्ब डलरले बढिसकेको छ ।
हालै मात्रै उनी २ खर्बपतिको समूहमा प्रवेश गरेका थिए । जुकरबर्थले सन् २००४ मा फेसबुक लन्च गरेका थिए । उनको अधिकांश सम्पत्ति मेटाको शेयरमा रहेको छ ।एजेन्सी


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया