

शक्ति गौचन लुम्बिनीको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त



काठमाडौं । नेपाली क्रिकेटका पूर्व स्पिन अलराउन्डर शक्ति गौचन नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त भएका छन् ।
लुम्बिनीका मालिक ईश्वर जिसी र शक्ति गौचनबीच शनिबार एक सम्झौता भएको छ । ‘एनपीएल नेपाली क्रिकेटको एउटा ठूलो प्लेटफर्म हो । आउने अक्सनमा मैले कडा मिहिनेत गरेर राम्रो टिम बनाउन प्रयास गर्नेछु । क्यान र लुम्बिनी टोलीलाई धन्यवाद’, शक्तिले सम्झौता कार्यक्रममा भने ।
नेपालका सफल खेलाडी शक्ति २०१८ मा सन्यास लिएपछि भैरहवामा आफ्नो स्टार क्रिकेट एकेडेमीमा प्रशिक्षणमा व्यस्त छन् । कुशल मल्ल र सुशान भारी शक्तिले नै उत्पादन गरेका खेलाडी हुन् । शक्तिले २०२१ को एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजमा बलिङ प्रशिक्षकको रुपमा काम गरेका थिए ।
लुम्बिनीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल छन् । एनपीएलको अक्सन आइतबार काठमाडौंमा हुदैछ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया