

भलवाड कृषि सहकारीको आठौँ साधारणसभा सम्पन्न



भलवाड । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित भलवाड कृषि सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । भलवाड जिनुवा स्थित खोजिपुर सामुदायिक वनको सभाहलमा सहकारीले साधारणसभा सम्पन्न गरेको हो ।
भलवाड सहकारी संस्थाका अध्यक्ष फुलमाया गुरुङले आयोजित साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले स्थानीय कृषक र महिलाहरुको जिविकोपार्जन गर्ने कार्यमा उल्लेखनीय कार्य गरेको बताइन । उनका अनुसार सहकारीले गरिबी निवारणका लागि शसक्तिकरण कार्यक्रम, क्षमता विकास, आयआर्जन तथा पूर्वाधार विकासका कार्यमा समेत समुह प्रवद्र्धन कार्यक्रम गरेको थियो । यस्तै सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै संस्थागत सुशासन कायम गर्न समेत जोड दिइरहेको उनको भनाइ थियो ।
यस्तै अध्यक्ष गुरुङले हाल संस्थामा ३०६ जना शेयर सदस्यहरु आबद्ध रहेको भन्दै आ.व २०८०÷०८१ मा संस्थाको वार्षिक कारोबार २ करोड ४४ लाख ४५ हजार ८३१ रहेको र खुद नाफा १४ लाख ३९१ रहेको उल्लेख गरिन । यस्ते उनले आ.व २०८१÷०८२ का लागि २ करोड ७९ लाख ८१ हजार ८०९ बराबरको प्रस्तावित बजेट समेत प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा संस्थाका लेखा समिति संयोजक जिउनसीया थारुले लेखा प्रतिवेदन प्रस्तुत गरिन भने सहकारीका व्यवस्थापक इन्दिरा अधिकारीले आ. वर्ष २०८०÷०८१ को वार्षिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले सहकारीले संस्थागत विकाससँगै सहकारीमा आबद्ध शेयर सदस्यहरुको हितका लागि सोही अनुरुपका अवधारणा अबलम्बन गर्नुपर्ने बताए । उनले ऋण प्रवाह र बचत संकलनका कार्यलाई प्रभावकारी ढंगबाट संचालक समितिले काम गर्न पनि सुझाए ।
यस्तै कार्यक्रममा कपिलवस्तु बचत तथा ऋण सहकारी संघका अध्यक्ष धुव्र बेल्बासेले सहकारीका सदस्यहरुले आफू र आफ्नो संस्थाको रकमको सुरक्षार्थ योजनाबद्ध ऋण प्रवाह गर्न जोड दिए । उनले अन्य सहकारीले भन्दा भिन्न र रचनात्मक कार्यक्रमहरु संचलान गरी उत्कृष्ट हुनुपर्ने बताए । उनले सहकारीका नीति र सिद्धान्त अनुरुपका कार्यक्रमले सहकरीका शेयर सदस्यको बचत रकमको सुरक्षा र ऋण प्रदान तथा ऋण असुलीमा समेत सजिलो बनाउने भन्दै त्यसै अनुरुप काम गर्न पनि समितिलाई सुझाए ।
कार्यक्रममा नव प्रभात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त खनाल, भलवाड स्वास्थ्य चौकी प्रमुख जितबिकास रायमाझी, पत्रकार बाबुराम रायमाझी लगाएतले सम्बोधन गरेका थिए ।
सहकारीका अध्यक्ष फुलमाया गुरुङको अध्यक्षता, वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यतासहित सहकारीका उपाध्यक्ष गिता अर्यालको स्वागत र राधा बेल्वासेको संचालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया