

भलवाड कृषि सहकारीको आठौँ साधारणसभा सम्पन्न





भलवाड । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित भलवाड कृषि सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । भलवाड जिनुवा स्थित खोजिपुर सामुदायिक वनको सभाहलमा सहकारीले साधारणसभा सम्पन्न गरेको हो ।
भलवाड सहकारी संस्थाका अध्यक्ष फुलमाया गुरुङले आयोजित साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले स्थानीय कृषक र महिलाहरुको जिविकोपार्जन गर्ने कार्यमा उल्लेखनीय कार्य गरेको बताइन । उनका अनुसार सहकारीले गरिबी निवारणका लागि शसक्तिकरण कार्यक्रम, क्षमता विकास, आयआर्जन तथा पूर्वाधार विकासका कार्यमा समेत समुह प्रवद्र्धन कार्यक्रम गरेको थियो । यस्तै सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै संस्थागत सुशासन कायम गर्न समेत जोड दिइरहेको उनको भनाइ थियो ।
यस्तै अध्यक्ष गुरुङले हाल संस्थामा ३०६ जना शेयर सदस्यहरु आबद्ध रहेको भन्दै आ.व २०८०÷०८१ मा संस्थाको वार्षिक कारोबार २ करोड ४४ लाख ४५ हजार ८३१ रहेको र खुद नाफा १४ लाख ३९१ रहेको उल्लेख गरिन । यस्ते उनले आ.व २०८१÷०८२ का लागि २ करोड ७९ लाख ८१ हजार ८०९ बराबरको प्रस्तावित बजेट समेत प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा संस्थाका लेखा समिति संयोजक जिउनसीया थारुले लेखा प्रतिवेदन प्रस्तुत गरिन भने सहकारीका व्यवस्थापक इन्दिरा अधिकारीले आ. वर्ष २०८०÷०८१ को वार्षिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले सहकारीले संस्थागत विकाससँगै सहकारीमा आबद्ध शेयर सदस्यहरुको हितका लागि सोही अनुरुपका अवधारणा अबलम्बन गर्नुपर्ने बताए । उनले ऋण प्रवाह र बचत संकलनका कार्यलाई प्रभावकारी ढंगबाट संचालक समितिले काम गर्न पनि सुझाए ।
यस्तै कार्यक्रममा कपिलवस्तु बचत तथा ऋण सहकारी संघका अध्यक्ष धुव्र बेल्बासेले सहकारीका सदस्यहरुले आफू र आफ्नो संस्थाको रकमको सुरक्षार्थ योजनाबद्ध ऋण प्रवाह गर्न जोड दिए । उनले अन्य सहकारीले भन्दा भिन्न र रचनात्मक कार्यक्रमहरु संचलान गरी उत्कृष्ट हुनुपर्ने बताए । उनले सहकारीका नीति र सिद्धान्त अनुरुपका कार्यक्रमले सहकरीका शेयर सदस्यको बचत रकमको सुरक्षा र ऋण प्रदान तथा ऋण असुलीमा समेत सजिलो बनाउने भन्दै त्यसै अनुरुप काम गर्न पनि समितिलाई सुझाए ।
कार्यक्रममा नव प्रभात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त खनाल, भलवाड स्वास्थ्य चौकी प्रमुख जितबिकास रायमाझी, पत्रकार बाबुराम रायमाझी लगाएतले सम्बोधन गरेका थिए ।
सहकारीका अध्यक्ष फुलमाया गुरुङको अध्यक्षता, वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यतासहित सहकारीका उपाध्यक्ष गिता अर्यालको स्वागत र राधा बेल्वासेको संचालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया