नव प्रभात सहकारी बर्दहवाको २१औँ साधारणसभा सम्पन्न

साझाकुरा, भलवाड | कपिलवस्तुको बाणगंगा ९ बर्दहवा स्थित नव प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको २१ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बिहिबार वडा नम्बर ९ स्थित सगरमाथा विद्या मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रम मार्फत साधारणसभा सम्पन्न भएको हो ।

सम्पन्न साधारणसभा कार्यक्रममा संस्थाका सचिव दिपक कुमार कुँवरले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कुल ४६ करोड ३४ हजार ९ सय २० रुपैँया ५५ पैसाको वार्षिक कारोबार भएको जनाए । उनका अनुसार नव प्रभात बचत तथा ऋण सहकारी संस्थाको सोही आ.वमा ३६ लाख ७० हजार २९७ रुपैँया खुद नाफा कमाएको छ । यस्तै सचिव कुँवरले आफ्नो प्रतिवेदनमा १ हजार ३ सय ८९ शेयर सदस्यहरुबाट आ.व २०८०/०८१ मा शेयर पुँजी १ करोड ५३ लाख २ हजार ९ सय र निक्षप जम्मा १२ करोड ८५ लाख, २२ हजार ३५९ रहेको उल्लेख गरे । सहकारीले यो आर्थिक वर्षमा ६३ लाख ५१ हजार ५ सय ३६ मनाफा आर्जन गरेको छ । यस्तै कुल कर्जा लगानी ११ करोड २७ लाख ५७ हजार ९१२ पुगेको जनाएको छ ।

आफ्ना शेयर सदस्यहरुलाई ५० हजार सम्म बिना धितो ऋण प्रवाह गरिरहेको यो सहकारीमा गत असार मसान्त सम्ममा ३ करोड बढी रकम तरलतामा रहेको लेखा समितिका संयोजक लालमणि अधिकारीको प्रतिवेदनमा उल्लेख छ । उनका अनुसार सहकारीले भाका नाघेको ऋण झण्डै ५३ लाख असुली गर्न नसकेको जनाइएको छ ।

सहकारीले आर्थिक वर्ष २०८१/०८२ का लागि २१ करोड ३८ लाख ६० हजार बराबरको अनुमानित बजेट समेत साधारणसभा कार्यक्रममा प्रस्तुत गरेको थियो । साधारणसभा कार्यक्रममा संस्थाका अध्यक्ष बसन्त खनालले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय संघ संस्था एव सहकारीहरुसँग समन्वय र सहकार्य गरी संस्थाको दिगो विकासका लािग अल्पकालिन तथा दिर्घकालिन योजना निर्माण गरी कार्यान्वयन गरीने जनाए । उनले शेयर सदस्यहरुलाई लघुउद्यम कार्यक्रम संचालन गर्ने, स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गर्ने लगाएतका समाजिक कार्यक्रमहरु समेत निती तथा कार्यक्रममा समावेश गरेको जनाएका छन् ।

साधारणसभा कार्यक्रममा आ.व २०८०/०८१ को धितो मूल्याङ्कन÷ऋण सिफारिस उप समितिको प्रतिवेदन संयोजक विष्णु प्रसाद भुसालले प्रस्तुत गरे ।

यस्तै कार्यक्रममा सहकारीले हाल अबलम्बन गरेको नीति र सार्वजनिक प्रतिवेदनले उल्लेख गरेका सहकारीका सवालमा संस्थापक अध्यक्ष टिकाराम पौडेल र शेयर सदस्य चुरामणी अर्यालले सुझाव प्रस्तुत गरेका छन् । सहकारीका सदस्यहरुको हित र जीवनस्तर विकासका लागि शेयरसदस्यको विस्वासीलो माध्यम सहकारी बन्नुपर्ने र त्यसका लागि सक्षम नेतृत्व आवश्य रहनेमा उनीहरुको जोड समेत थियो ।सहकारीले ऋण प्रवाहका निति र पद्धतीलाई शेयरसदस्य मैत्री बनाउन पनि माग गरे ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने सहकारीका पूर्व अध्यक्ष टिकाराम पौडेल, धुव्र बेल्वासे, भुवनेश्वर पौडेल, कुमारमधु बेल्वासे, यदुराम भुसाल, सानाकिसान कृषि सहकारी संस्था भलवाडका अध्यक्ष दिपक बस्नेत, भलवाड स्वास्थ्य चौकी प्रमुख जितबिकास रायमाझी लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पौडेलले सहकारीले शेयर सदस्यहरुको रकमलाई प्रभावकारी तवरबाट लागनी गर्ने योजनामा केन्द्रित हुनुपर्ने बताए । उनले हाल बाणगंगा नगरपालिकाले समेत यहाँका सहकारीहरुको अध्ययन र अनुगमन गरिरहेको भन्दै देशका केही सहरकारीहरु डुबेका खबरले बाणगंगामा समेत आत्तिने अवस्था नरहेको जिकिर गरे । उनले यहाँका सहकारी डुब्ने खतरामा अहिले नरहेको भन्दै लगानी भएको ऋणलाई असुलउपर गर्ने कार्यमा सबै सहकारी संचालकहरु प्रतिबद्ध भएर लाग्न समेत सुझाव दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने अन्य वक्ताहरुले समेत नव प्रभात बचत तथा ऋण सकारी संस्थालाई प्रगतिको शुभकामना दिएका थिए ।

सहकारीले साधारणसभाको अवसरमा उत्कृष्ट शेयर धनी, बाल बचतकर्ता र उत्कृष्ठ ऋणिहरुलाई सम्मान समेत गरेको छ ।
यसैबिच सहकारीको १० औँ अधिवेशन कार्यक्रम समेत रहको थियो । अधिवेशनका सन्दर्भमा सहकारीले निर्वाचन मण्डल गठन गरी निर्वाचनको प्रक्रिया थालेको जनाएको छ । अधिवेशन प्रक्रिया प्रारम्भका लागि आवश्यक तयारी र स्रोतहरुको उपलब्धता समेत नरहेको हुँदा अधिवेशन केहि दिन पछि सरेको निर्वाचन मण्डलका संयोजक धुव्र बेल्वासेले जानकारी दिए । निर्वाचन मण्डलमा बेल्वासेको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ ।

प्रतिक्रिया