

तीन दिनदेखि अबरुद्ध भयो राप्ती राजमार्ग

दाङ | राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको राम्री देखि कपुरकोटसम्मको सडक तीन अवरुद्ध हुने भएको छ । सडक मर्मतका लागि तीन दिनसम्म त्यस क्षेत्रको सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार त्यस क्षेत्रमा वर्षाका कारण पहिरो खसेको र कतिपय स्थानमा सडक दबिएका कारण सडक मर्मतको काम शुक्रवारदेखि सुरु भएको छ ।
ठुला सवारी साधन टिपर र ट्रक सञ्चालनमा मात्रै रोक लगाएको तर साना गाडी भने निर्बाध रुपमा सञ्चालनमा रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राप्ती राजमार्गअन्तर्गत अमेलिया तुलसीपुर सडक खण्ड भने सञ्चालनमै छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया