

दाङमा चट्याङ लागेर छाेराकाे मृत्यु, आमा र छाेरी घाइते



दाङ : दाङमा चट्याङ लागेर छोराको मृत्यु भएको छ, भने आमाछोरी घाइते भएका छन्। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ११ खुङकोट बस्ने ४२ वर्षीया निमकली साहुका ३ वर्षीय छोरा समिर साहु रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार मङ्गलबार दिउँसो साढे ३ बजेतिर उनको कच्ची ४ कोठे घरमा चट्याङ पर्दा निमकली, छोरा समिर र ६ वर्षीया छोरी सविना घाइते भएका थिए। घाइते उनीहरूलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर पठाइएको थियो।
समिरको उपचारको क्रममा बुधबार बिहान साढे ८ बजेतिर मृत्यु भएको प्रहरीको भनाइ छ। यस्तै घाइते आमाछोरीको उपचार भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको समेत प्रहरीले जनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया