

दाङमा चट्याङ लागेर छाेराकाे मृत्यु, आमा र छाेरी घाइते

दाङ : दाङमा चट्याङ लागेर छोराको मृत्यु भएको छ, भने आमाछोरी घाइते भएका छन्। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ११ खुङकोट बस्ने ४२ वर्षीया निमकली साहुका ३ वर्षीय छोरा समिर साहु रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार मङ्गलबार दिउँसो साढे ३ बजेतिर उनको कच्ची ४ कोठे घरमा चट्याङ पर्दा निमकली, छोरा समिर र ६ वर्षीया छोरी सविना घाइते भएका थिए। घाइते उनीहरूलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर पठाइएको थियो।
समिरको उपचारको क्रममा बुधबार बिहान साढे ८ बजेतिर मृत्यु भएको प्रहरीको भनाइ छ। यस्तै घाइते आमाछोरीको उपचार भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको समेत प्रहरीले जनाएको छ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया