

साफ यू-१७ च्याम्पियनशिप : नेपालको पहिलो जित


काठमाडौँ | साफ यू-१७ च्याम्पियनशिप फुटबलमा नेपालले आज खेलेको खेल जितेको छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।
जितसँगै समूह ‘बी’ मा रहेको नेपालले २ खेलबाट ३ अंक जोडेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो। आफ्ना दुवै खेलमा पराजित श्रीलंका अंकविहिन छ। श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो।
आज नेपालको जितमा सुजन डङ्गोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले १ गोल थपे। खेलको ४औँ मिनेटमा सुजनको गोलबाट नेपालले पहिलो अग्रता लिएको थियो। त्यसपछि खेलको १२औँ मिनेटमा सुजनले दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए। सुजनले खेलको ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
त्यसपछि खेलको ८४औँ मिनेटमा विज्ञानले गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाए। नेपालले आफ्नो तेस्रो खेल आयोजक भुटानसँग यही असोज ९ गते खेल्नेछ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया