
नेपालबाट एकै खेलमा ५ विकेट लिने र अर्धशतक बनाउने पहिलो खेलाडी बने ‘गुलशन’




काठमाडौं | युवा अलराउण्डर गुलशन झा नेपालबाट ओडीआईमा एकै खेलमा पाँच विकेट लिनुको साथै ५० भन्दामाथि रन बनाउने पहिलो खेलाडी बनेका छन् । नेपाल बिहीबार विहान ओमानसँग १ विकेटले पराजित भएपनि गुलशनले ५३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।
यसअघि नेपालबाट ओडीआईमा एकै खेलमा ५ वा त्यो भन्दामाथि विकेट सन्दीप लामिछानेले र करण केसीले तीन तीन तथा सोमपाल कामी र ललित राजवंशीले १-१ पटक पूरा गरेका थिए । तर सोही खेलमा अर्धशतक भने कुनैपनि खेलाडीले बनाउन सकेका थिएनन् ।
ओडीआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० भन्दा बढी रन बनाउने उनी २४ औं खेलाडी हुन् । पछिल्लो पटक सन् २०२३ मा नेदरल्यान्ड्सका बास डि लिडेले स्कटल्यान्डविरुद्ध एकदिवसीय विश्वकप छनोट २०२३ जुलाईमा १२३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।
गुलशनले ओमानविरुद्ध ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाउनुको साथै १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिएका थिए । हारका बाबजुद गुलशन खेलको प्लेयर अफ द म्याच चुनिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया