

डेङ्गु नियन्त्रणका लागि भलवाड स्वास्थ चौकीमा अभिमुखिकरण

बाबुराम रायमाझी,भलवाड | डेङ्गु नियन्त्रणका लागि भलवाड स्वास्थ चौकीमा अभिमुखिकरण गरिएको छ । डेङगु राेग विरुद्ध हाम्रो अभियान,सफा राखौं आफ्नो घर आगन भन्ने मुल नाराका साथ वााणगंगा नगरपालिका स्वास्थ शाखाको आयोजनामा वडा न.९ का टाेल विकास संस्था का अध्यक्षहरु र स्वास्थ कर्मचारीका लागि डेङगु रोग नियन्त्रणको लागि लामखुट्टे लार्भा नस्ट पार्ने आभियान सम्बन्धि अभिमुखिकरण भलवाड स्वास्थ चौकीमा भएको थियो ।
डेङगु राेगको नियन्त्रणका बारेमा भलवाड स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझीले बताउनु भएको थियोे ।डेङगु राेग लागेमा एक्कासि ज्वरो आउनु ,आखाको गेडि दुख्नु ,जिउ दुख्नु ७ देखी १० दिन सम्म ज्वरो डेङगु राेगको लक्षण हुने र याे लामखुट्टे सफा पानीमा बस्ने र यसले प्रायः दिउँसोको समयमा मानिसलाई टाेक्ने हुँदा साबधानी अपनाउनु पर्ने जस्ता कुरा बताउनु भएको थियोे ।
त्यस्तै स्वास्थ ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष कमल पौडेलले टाेल विकास संस्था मार्फत वडाका सबै टाेल-टाेलमा डेङगाे राेग नियन्त्रणको लागि लामखुट्टे लार्भा नस्ट पार्ने अभियानमा आ-आफ्नो घर आगनमा पानी जमेको खाल्डाखुल्डी रहेमा त्यसलाई पुरी दिने यसरी डेङगु रोग नियन्त्रणको लागि लामखुट्टेकाे लार्भा खोज्ने र नस्ट गर्नुपर्ने बताउनु भएको थियोे ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया