

डेङ्गु नियन्त्रणका लागि भलवाड स्वास्थ चौकीमा अभिमुखिकरण




बाबुराम रायमाझी,भलवाड | डेङ्गु नियन्त्रणका लागि भलवाड स्वास्थ चौकीमा अभिमुखिकरण गरिएको छ । डेङगु राेग विरुद्ध हाम्रो अभियान,सफा राखौं आफ्नो घर आगन भन्ने मुल नाराका साथ वााणगंगा नगरपालिका स्वास्थ शाखाको आयोजनामा वडा न.९ का टाेल विकास संस्था का अध्यक्षहरु र स्वास्थ कर्मचारीका लागि डेङगु रोग नियन्त्रणको लागि लामखुट्टे लार्भा नस्ट पार्ने आभियान सम्बन्धि अभिमुखिकरण भलवाड स्वास्थ चौकीमा भएको थियो ।
डेङगु राेगको नियन्त्रणका बारेमा भलवाड स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझीले बताउनु भएको थियोे ।डेङगु राेग लागेमा एक्कासि ज्वरो आउनु ,आखाको गेडि दुख्नु ,जिउ दुख्नु ७ देखी १० दिन सम्म ज्वरो डेङगु राेगको लक्षण हुने र याे लामखुट्टे सफा पानीमा बस्ने र यसले प्रायः दिउँसोको समयमा मानिसलाई टाेक्ने हुँदा साबधानी अपनाउनु पर्ने जस्ता कुरा बताउनु भएको थियोे ।
त्यस्तै स्वास्थ ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष कमल पौडेलले टाेल विकास संस्था मार्फत वडाका सबै टाेल-टाेलमा डेङगाे राेग नियन्त्रणको लागि लामखुट्टे लार्भा नस्ट पार्ने अभियानमा आ-आफ्नो घर आगनमा पानी जमेको खाल्डाखुल्डी रहेमा त्यसलाई पुरी दिने यसरी डेङगु रोग नियन्त्रणको लागि लामखुट्टेकाे लार्भा खोज्ने र नस्ट गर्नुपर्ने बताउनु भएको थियोे ।

प्रतिक्रिया