



बाणगंगामा मुख्य बजार क्षेत्रमा अनुगमन: अखाद्य वस्तु नष्ट गर्दै व्यवसायीलाई जरिवाना


कपिलवस्तु | कपिलवस्तुको बाणगंगा नगरपालिका, प्रमुख बजार क्षेत्रमा मंगलवार अनुगमन गरिएको छ। यस अनुगमनको नेतृत्व उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीका प्रतिनिधिहरुले गरेका थिए।
अनुगमनको क्रममा ओदारी, गजेहडा, र चार नम्बरका बजार क्षेत्रमा ध्यान दिइएको थियो। यस कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु, र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
अनुगमन टोलीले बाणगंगा नगरपालिका–११ स्थित मुन्ना मिष्ठान भण्डारमा गुणस्तरहीन खाद्यपदार्थ पाएको छ। यहाँ तेल, रसबरी, र जेरी जस्ता पदार्थहरुको मापदण्ड अनुरुप नपरेको पाएपछि, ती सबै वस्तु तत्काल नष्ट गरिएको छ। उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त निर्देशक ईश्वर चन्द्र अर्यालका अनुसार, मिष्ठान भण्डारलाई उपभोक्ताको स्वास्थ्यलाई जोखिममा पार्न नदिने चेतावनी दिइएको छ।
अनुगमनको दौरान मिष्ठान भण्डार, होटल, मासु पसल, खाद्य र किराना पसल, र बरफ उद्योगहरुमा पनि विभिन्न समस्या देखिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत रमेश दाहालका अनुसार, म्याद सकिएका, अखाद्य पदार्थहरु जस्तै सुर्ती, कुरकुरे, डोनट, पाउरोटी, चाउचाउ, घ्यु र आइस्क्रीम जफत गरी नष्ट गरिएको छ।
घरेलु तथा साना उद्योग कार्यालयका वाणिज्य शाखा प्रमुख श्रवण कुमार शैनीले दर्ता नविकरण नभएको, गुणस्तरहीन खाद्य पदार्थको प्रयोग, सरसफाईको कमी, र म्याद सकिएका सामानको विक्रि वितरणजस्ता समस्या उजागर गरेका छन्। उनले भने, “हालको सुधार अपेक्षाकृत कम छ। उद्योगी व्यवसायीहरूले अझै सन्तोषजनक सुधार नगरेको अवस्थामा, उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने कसैलाई सहन हुनेछैन।”
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुकी नासु सिता बन्जाडेले लापरवाही गर्ने पसलहरुलाई जरिवाना गर्दै, आवश्यक सुधारका लागि निर्देशन दिइएको बताइन्।
अनुगमन टोलीले व्यवसायीहरुलाई चाडपर्वको समयमा दर्ता बिना व्यवसाय सञ्चालन गर्नु र ऐन नियमको उल्लंघन गर्ने पसलहरुप्रति कारबाहीको दायरा ल्याउने चेतावनी पनि दिएको छ।

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया