



“सेयर बजार” : भदौ महिनामा ४२० अंकको ह्रास, यी हुन् शीर्ष १० प्रभावित कम्पनीहरू


काठमाडौं । साउनको अन्तिम कारोबार दिन ३००० अंक पुगेको बजार अन्ततः भदौ अन्तिम दिन २५८० अंकमा बन्द भयो । भदौ महिनामा बजारमा भारी गिरावट देखियो । एक महिनामा बजार १४ प्रतिशतले घटेको छ । आजभन्दा भोलि, भोलिभन्दा पर्सि पोर्टफोलियो घटिरहेपछि कतिपय लगानीकर्ता आत्तिएर सेयर बेचेर बाहिरिँदा बजारले भदौमा ठूलै अंक गुमाउन पुग्यो ।
साउन महिनामा बजार ७६० अंक बढेको थियो । असार अन्तिममा २२४० अंक रहेको बजार साउन अन्तिममा ३००० पुगेको थियो । बजारलाई बढी प्रभाव पार्ने पक्षहरु सकारात्मक रहेकाले खरिदको मौका रहेको लगानीकर्ता बताउँदै आएका छन् ।
घट्दो ब्याजदर, बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम रहेकाले बजार घट्नु खरिदको मौका रहेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । ‘बजार कतिसम्म घट्छ भनेर ठ्याक्कै कसैले भन्न सक्दैन, तर घटेका बेला जोखिम कम हुने भएकाले खरिदको राम्रो अवसर हो’ उनले भने ‘बजार सधैं घट्ने पनि हुँदैन, सधैं बढिरहने पनि हुँदैन । घटेका बेला किनेर बस्ने र बढेका बेला नाफा बुक गर्नेले नै कमाउने हो ।’
बजार बढ्दा जुन जुन कम्पनीको मूल्य उच्च दरमा बढेको थियो, घट्दा पनि तिनै कम्पनीको मूल्य उच्च दरमा घटेको देखिन्छ । भदौ महिनामा मूल्य धेरै घट्ने कम्पनीमा नेपाल फाइनान्स छ । सो कम्पनीको मूल्य ३४ प्रतिशतले घटेको छ । साउन अन्तिममा प्रतिसेयर मूल्य २०७० रहेकोमा भदौ अन्तिममा १३६० रुपैयाँमा झरेको छ ।
भदौमा मूल्य उच्च दरमा घटेका १० कम्पनी
| कम्पनी | भदौ अन्तिमको मूल्य | गिरावट दर (प्रतिशतमा) |
| नेपाल फाइनान्स | १३६० | – ३४.३० |
| चन्द्रागिरि हिल्स | ९२५ | – २६.७६ |
| प्रोग्रेसिभ फाइनान्स | ५८० | – २६.११ |
| सानिमा माइ हाइड्रोपावर | ५१० | – २४.८१ |
| अरुण काबेली | २४१.१० | – २४.१८ |
| पिपुल्स हाइड्रोपावर | ३३७.२० | – २३.५४ |
| हिमालय ऊर्जा | २१९ | – २३.४३ |
| माथिल्लो तामाकोशी | २१९ | – २३.४३ |
| जानाकी फाइनान्स | ५८५ | – २३.३३ |
| सेन्ट्रल फाइनान्स | ५८६ | – २३.२० |

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया