

इन्द्रमणिका दुई गजल


गजल एक
दुध नै खुवाई पालेपनि आखिर सर्प डस्दो रहेछ
छाल रिसाई आएपछि पर्खालले पनि नछेक्दो रहेछ ||
तिमी जिउने मार्ने बाचा गर्छौ साथी
मन भरेपछि मायाले पनि नपुग्दो रहेछ ||
जललाई पनि त पूजा गर्याै आमै
घर बगाउने बाढी रोक्न भक्तिले पनि नसक्दो रहेछ ||
धन कमाएरै संसार जित्यौं दाजु तर
कालले पैसालाई पनि नटेर्दो रहेछ ||
खेत बेचेरै छोरो डाक्टर बनाए बा ले
आफ्नै आमा बचाउने ओखती नभेट्दो रहेछ ।।
गजल दुई
कलियुग सँगै मानवता हराएको हो
बा मरेपछि दासता आएको हो ।।
जोडीहरु माथिबाटै बनेर आएको कसरी मानु म
धन कमाएसी त सम्बन्धमा प्रगाढता छाएको हो ।।
माया हुन पनि त शरीर चाहिन्छ भन्थे
म नजन्मदै आमामा ममता पलाएको हो ।।
बजारभरी रूपको चर्चा चल्थ्यो अरे
दाई मरेकै दिन भाउजुको सुन्दरता हराएको हो ।।
मुक्ति दिन्छु भन्थे गरिबीबाट नेता ज्यु
चिल्लो कारमा देखेपछि उत्सुकता पलाएको हो ||


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया