

ढक, तराजु नबिकरण र चेक जाँच गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघ



कपिलवस्तु, भदौ २५ | कपिलवस्तु उद्योग वाणिज्य संघले ढक, तराजु, डिजिटल काटा नबिकरण र चेक जाँच सम्बन्धी विशेष कार्यक्रमको आयोजना गर्दैछ। संघको कार्यालय चारनम्बर जितपुरमा आगामी भदौ २६ गते बुधबारदेखि सुरु हुने यस कार्यक्रमको प्रमुख उद्देश्य स्थानीय व्यवसायीहरूको लागि सेवा सुविधा उपलब्ध गराउनु रहेको जनाइएको छ ।
संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीका अनुसार, यो कार्यक्रम नापतौल कार्यालय बुटवलको सहयोगमा सम्पन्न हुनेछ। यसले व्यवसायीहरूलाई नापतौलका उपकरणहरूको नबिकरण र चेक जाँचको प्रक्रिया सहज बनाउने लक्ष्य राखेको छ। महासचिव नवदत्त घिमिरेले यस अवसरलाई व्यवसायीहरूको लागि ठूलो लाभ मान्दै, यस कार्यक्रमको फाइदा उठाउन सबैलाई अपिल गरेका छन्।
उनले भने, “स्थानीय व्यवसायीहरूको माग र आवश्यकतालाई मध्येनजर गर्दै यो कार्यक्रम आयोजना गर्न लागेको छ। यसले व्यवसायीहरूलाई अन्यत्र जानुपर्ने बाध्यताबाट मुक्ति दिलाउनेछ।”
यस कार्यक्रमले व्यवसायीहरूलाई समय र श्रमको बचत गर्दै, स्थानीय स्तरमै आवश्यक सेवा उपलब्ध गराउनेछ। यस अवसरमा सबै व्यवसायीहरूलाई सहभागी भएर फाइदा उठाउन संघले अनुरोध गरेको छ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया