

ढक, तराजु नबिकरण र चेक जाँच गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघ



कपिलवस्तु, भदौ २५ | कपिलवस्तु उद्योग वाणिज्य संघले ढक, तराजु, डिजिटल काटा नबिकरण र चेक जाँच सम्बन्धी विशेष कार्यक्रमको आयोजना गर्दैछ। संघको कार्यालय चारनम्बर जितपुरमा आगामी भदौ २६ गते बुधबारदेखि सुरु हुने यस कार्यक्रमको प्रमुख उद्देश्य स्थानीय व्यवसायीहरूको लागि सेवा सुविधा उपलब्ध गराउनु रहेको जनाइएको छ ।
संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीका अनुसार, यो कार्यक्रम नापतौल कार्यालय बुटवलको सहयोगमा सम्पन्न हुनेछ। यसले व्यवसायीहरूलाई नापतौलका उपकरणहरूको नबिकरण र चेक जाँचको प्रक्रिया सहज बनाउने लक्ष्य राखेको छ। महासचिव नवदत्त घिमिरेले यस अवसरलाई व्यवसायीहरूको लागि ठूलो लाभ मान्दै, यस कार्यक्रमको फाइदा उठाउन सबैलाई अपिल गरेका छन्।
उनले भने, “स्थानीय व्यवसायीहरूको माग र आवश्यकतालाई मध्येनजर गर्दै यो कार्यक्रम आयोजना गर्न लागेको छ। यसले व्यवसायीहरूलाई अन्यत्र जानुपर्ने बाध्यताबाट मुक्ति दिलाउनेछ।”
यस कार्यक्रमले व्यवसायीहरूलाई समय र श्रमको बचत गर्दै, स्थानीय स्तरमै आवश्यक सेवा उपलब्ध गराउनेछ। यस अवसरमा सबै व्यवसायीहरूलाई सहभागी भएर फाइदा उठाउन संघले अनुरोध गरेको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया