

क्यानडामा हुने विश्वकप लिग दुईको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा


काठमाण्डौ : क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा हिजो १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
सन्दीप लामिछाने १२ महिना पछि एकदिवसीय टोलीमा फर्किएका छन् । सन्दीपले एकदिवसीयमा पछिल्लो पटक भारतसँग एशिया कपमा खेलेका थिए । अर्जुन साउद पनि झण्डै १४ महिना पछि नेपालको एकदिवसीय टोलीमा परेका छन् ।

यस्तै टोलीमा आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण के.सी., गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र देव खनाल रहेका छन् । विश्वकप लिग दुई अन्तर्गत क्यानडामा हुने त्रिदेशीय श्रृङ्खलामा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।
प्रतियोगिता यही भदौ ३१ देखि असोज १० गतेसम्म हुनेछ । यो प्रतियोगितामा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ । तेस्रो खेलमा असोज ६ गते क्यानडा र असोज ८ गते ओमानसँग रहेको छ । सबै खेल नेपाली समयअनुसार वेलुका पौने ८ बजे शुरु हुनेछ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया