

खुला व्यापारले असमानता हटाउन असफल: विश्व व्यापार सङ्गठन



एजेन्सी : विश्व व्यापार सङ्गठन (डब्लुटीओ) ले धनी र विकासोन्मुख देशहरूबीचको असमानता कम गर्न खुला व्यापार मात्र पर्याप्त नहुने भन्दै गरिब देशलाई सहयोग गर्न थप आवश्यक रहेको बताएको छ ।
विश्वव्यापी व्यापारसम्बन्धी डब्लुटीओको सन् २०२४ को प्रतिवेदनमा सङ्गठनले सन् १९९५ मा आफ्नो स्थापनापछि अर्थतन्त्रहरूबीचको खाडललाई कम गर्न खेलेका भूमिकाबारे उल्लेख गरेको छ । प्रतिवेदनमा डब्लुटीओका महानिर्देशक न्गोजी ओकोन्जो–इवेलाले गरिबी कम गर्न र साझा समृद्धि बनाउन व्यापारको परिवर्तनकारी भूमिकाको पुनःपुष्टि रहेको बताउनुभएको छ ।
प्रतिवेदनको प्रस्तावनामा व्यापार र डब्लुटीओ जस्ता संस्थाहरू गरिबी वा गरिब देशका लागि काम गरेर विश्वको असमान खाडल पुर्न महत्त्वपूर्ण मानिने उल्लेख भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
न्यून र मध्यम आय भएका अर्थतन्त्रहरू अन्तर्राष्ट्रिय व्यापारमा कम संलग्न हुने, थोरै प्रत्यक्ष विदेशी लगानी प्राप्त गर्ने र वस्तुहरूमा अधिक निर्भर रहने प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनले व्यापारलाई थप समावेशी बनाउन आवश्यक पर्ने घरेलु नीतिमा व्यावसायिक प्रशिक्षण र दक्ष र जनशक्ति निर्माणका लागि शिक्षा कार्यक्रम समावेश गरेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया