
शेयर बजार २५ अङ्कले घटेर २७ सय १ विन्दुमा, १० अर्ब १२ करोड रुपैयाँको कारोबार

काठमाण्डाै : हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४६ अङ्कले घटेर दुई हजार सात सय एक दशमलव ९० विन्दुमा झरेको छ ।
आज दिउँसो १२ बजेर ३७ मिनेटमा दुई हजार सात सय ६० विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा घट्यो । आज उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माहुली लघुवित्त, शृजनशील लघुवित्त र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।
आज तीन सय २८ वटा कम्पनीको दुई करोड २२ लाख कित्ता शेयर १० अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया