

कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु




नेपालगन्ज | बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा परी कोहलपुर नगरपालिका- १० डाइनामिक स्कुल नजिकै बस्ने ३८ वर्षीय मोटरसाइकल चालक भुपेन्द्र सुनारको मृत्यु भएको हो ।
शनिबार बिहान करिब ३:३० बजेको समयमा कोहलपुर नगरपालिका-११ कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलमा चालक सुनारसँगै सवार सुर्खेतको लेकबेँसी नगरपालिका-३ राताटारका लालबहादुर सुनार घाइते छन् ।
लालबहादुर सशस्त्र प्रहरी ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनीहरूलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याउँदा चालक सुनारलाई चिकित्सकले मृत घोषणा गरेका कोहलपुर प्रहरी प्रमुख डीएसपी धर्मराज भण्डारीले बताए ।
घाइते लालबहादुरको अवस्था भने सामान्य रहेको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया