

कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



नेपालगन्ज | बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा परी कोहलपुर नगरपालिका- १० डाइनामिक स्कुल नजिकै बस्ने ३८ वर्षीय मोटरसाइकल चालक भुपेन्द्र सुनारको मृत्यु भएको हो ।
शनिबार बिहान करिब ३:३० बजेको समयमा कोहलपुर नगरपालिका-११ कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलमा चालक सुनारसँगै सवार सुर्खेतको लेकबेँसी नगरपालिका-३ राताटारका लालबहादुर सुनार घाइते छन् ।
लालबहादुर सशस्त्र प्रहरी ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनीहरूलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याउँदा चालक सुनारलाई चिकित्सकले मृत घोषणा गरेका कोहलपुर प्रहरी प्रमुख डीएसपी धर्मराज भण्डारीले बताए ।
घाइते लालबहादुरको अवस्था भने सामान्य रहेको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया