

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान



रुकुम । रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा १५ लाख अनुदान पाएका छन् । गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा १५ लाख अनुदान पाएका हुन् ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर पाँचका दरले अनुदान वितरण गरिएको थियो । यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिए। फागुनदेखि असारसम्मको अनुदान भने बजेट अभावका कारण वितरण गर्न नसकिएको उनले बताए । करिब चार सय किसानले दूधमा अनुदान पाउन बाँकी रहेको उनले उल्लेख गरे।
बजेट अभावका कारण किसानका निवेदन कार्यालयमा थन्किएको भन्दै उक्त अनुदान उपलब्ध गराउने सम्भावना नरहेको निमित्त प्रमुख खड्काले बताए । फागुनसम्ममा जिल्लाका चार स्थानीय तहका चार सय ७७ किसानले १५ लाख अनुदान पाएका उनले जानकारी दिए ।
खड्काका अनुसार मुसिकोट नगरपालिकाका ५६, त्रिवेणी गाउँपालिकाका तीन सय ३४, सानीभेरी गाउँपालिकाका ७१ र बाँफिकोट गाउँपालिकाका १६ किसानले पाएका छन् ।
कर्णाली प्रदेश सरकारले दूध उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन दुग्ध उच्पादक किसानलाई लक्षित गरी अनुदान दिने कार्यक्रम सञ्चालन गरेको हो । प्रदेशका सबै जिल्लाका दूध उत्पादक किसानले हरेक वर्ष अनुदान पाइरहेका छन् । रासस


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया